१२१ औं कार्यपालिका बैठकका निर्णयहरू

असोज १४, २०८१     स्मार्ट संवाददाता


सोमबार बसेको भीरकोट नगरपालिका,बयरघारी स्याङ्जाको को १२१ औं कार्यपालिका बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू यस प्रकार रहेका छन्।



१) प्लेटफर्म इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको आँधिखोलाको  खोलाको आईइ प्रतिवेदन स्वीकृत गर्ने,यो वर्ष ६४ हजार ८ सय ६८ घनमिटर नदीजन्य निर्माण सामाग्रीको बोलपत्र आह्वान गर्ने तीन खण्डमा : छाङछाङ्दी -झारखामको झोलुङ्गे , झारखामको झुलुङ्गे पुल देखि-बेगमती सम्म बेगमती देखि  – हेलु सम्म गरी बोल पत्र आह्वान गर्ने,



३)३ करोड ३७ लाख बजेट बराबरको  आँधिखोलाको बहुवर्षीय ठेक्का आह्वान गर्ने,

४) वडा समितिले निर्धारण गरेका हरेक वडाका २५ गरिब  घरपरिवारलाई निशुल्क स्वास्थ्य बीमा सुविधा प्रदान गर्ने,

५) नगर कार्यपालिकाको कार्यालय रंगरोगन र छतमा ट्रस्ट निर्माण गर्न  थप रकम विनियोजन गर्ने,