स्याङ्जामा रूखबाट लडेर एक जनाको मृत्यु

माघ ०४, २०८१     स्मार्ट संवाददाता


स्याङ्जामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।गल्याङ नगरपालिका २ घ्याङ्सिंङडाँडा बस्ने बर्ष ६१ की पोविसरा थापाको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसाे १२ बजे उनी आफ्नै बारीमा रहेको गिधरीको रूखमा घाँस काट्ने क्रममा अचानक रूखबाट खसी गम्भीर घाईते भएको थियो ।

उहाँलाई उपचार गर्न गल्याङ नगर अस्पताल लगिएकोमा दिउँसो १ः१० बजे डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको सन्दर्भमाा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो।