जबरजस्ती  करणी गरेको आरोपमा अर्जुनचौपारीका एकजना पक्राउ

कार्तिक ०८, २०८१     स्मार्ट संवाददाता


स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -२ का २८ वर्षीय सुर्य परियार नाबालिकलाई करणी गरेको आरोपमा पक्राउ पर्नुभएको छ।

१४ वर्षीय नाबालिकलाई परियारले ललाईफकाई डर त्रासमा पारी करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । परियारलाई अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।