सरकारी छाप र कागजात कृते गर्ने ३ जना पक्राउ

भदौ २५, २०८०


स्मार्ट संवाददाता,स्याङ्जा
२५ भाद्र २०८०

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

जिल्ला प्रहरी कार्यालय स्याङजाले सरकारी छाप र कागजपत्र किर्ते गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिकाको छाप र कागजात कृते गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नं १ का ३३ वर्षीय रामप्रसाद पौडेल, सोही वडामा बस्ने ४० वर्षीय शालिकराम पोख्रेल र पोखरा महानगरपालिका वडा नं १७ बस्ने ४७ वर्षीय रामचन्द्र सुवेदी रहेका छन् ।

पौडेलले विदेश जाने प्रयोजनका लागि पुतलीबजार नगरपालिकाको कागजपत्र, छाप र सही किर्ते गरेका थिए भने पोख्रेल र सुवेदीले जिल्ला प्रशासन सहित विभिन्न ७ वटा सरकारी कार्यालयका छाप बनाउन सहयोग गरेको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जना व्यक्तिहरूलाई “सरकारी छाप दस्तखत कृते” मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिएका छ्न्।