कोभिड १९ को महामारी अझै एक वर्ष लम्बिने
भीरकोट खबर डेस्क, कार्तिक ५
बिश्व स्वास्थ संगठन WHO ले कोभिड १९ को महामारी अझै एक बर्ष सम्म लम्बिने चेतावनी दिएको छ। कोभिड १९ विरुद्धको खोप सबै देशमा असमान तरिकाले वितरणले गर्दा अझै एक वर्ष महामारी लम्बिन सक्ने चेतावनी दिएको हो।
गरिब मुलुकले आवश्यकता अनुरुप खोप पाउन नसकेकाले सन २०२२ सम्म यो महामारीको जोखिम रहिरहने डब्लुएचओ जानकारी दिएको हो।हालसम्म अफ्रीकि महादेशका ५ प्रतिशत मानिसले मात्रै कोभिड विरुद्धको खोप लगाएको र अरु महादेशमा ४०% ले कोभिड विरुद्ध खोप पाएको जानकारी दिएको हो। ड्ब्लुएचओका वरिष्ठ अधिकारी डा ब्रुस यलवार्डले धनी देशले आबश्यकता भन्दा बढी खोप मौज्दात गरेर नै गरिब देशले आबश्यकता अनुसार खोप नपाएका कारण यो महामारी अझै एक बर्ष लम्बिने बताउनुभएको छ। WHO ले खोप उत्पादन कम्पनीहरुले सबैलाइ आवश्यकता अनुरुप समान तरिकाबाट खोप उपलब्ध गराउनु पर्ने बताएको छ।