माछापुच्छ्रेको सहकारी शिक्षा कार्यक्रम

पुष १२, २०८१     स्मार्ट संवाददाता


माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था , भीरकोटले आफ्ना शेयर सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको छ।भीरकाेट नगरपालिका १  बयरघारीमा प्रधान कार्यालय रहेकाे सहकारीले सेवा केन्द्र बानेथाेक देउरालीमा रहेका शेयर सदस्यहरूलाई सहकारी  शिक्षा प्रदान गरेको हो।

सहिद शुक्र माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीहरूलाई राष्ट्रिय  सहकारी बैंक वालिङ्का  शाखा प्रमुख टिकाराम अधिकारीले प्रशिक्षण दिनुभएको थियो। उहाँले सहकारीका ७ सिद्धान्त ,  आम्दानी तथा खर्च व्यवस्थापन , बचत वृद्धि , सहकारीका सदस्यहरूकाे काम कर्तव्य र अधिकार , बचत तथा  कर्जा सदुपयोग र  कर्जाकाे दुरुपयाेगले  भविष्यमा आइपर्ने असरहरु बारे प्रशिक्षण दिनुभएको थियो। उहाँले सहकारीका सदस्य  नै सहकारीको  मालिक भएकाे हुँदा बचत तथा कर्जाकाे सदुपयाेग सबैभन्दा महत्त्वपूर्ण विषय रहेको प्रष्ट पार्नुभएको थियो।

कार्यक्रममा करिब ७० जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो। संस्थाका अध्यक्ष चन्द बहादुर बस्नेतकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा स्वागत सस्थाका उपाध्यक्ष कृष्णकाजि केसिले गर्नु भएकाे थियाे भने उक्त कार्यक्रम संचालन संस्थाका व्यवस्थापक  सुन्दर काेइरालाले गर्नुभएकाे थियाे ।