पञ्चकन्या मा.वि. को स्वर्ण महोत्सव जनप्रतिनिधीद्वारा बहिस्कार

पुष १७, २०८१     स्मार्ट संवाददाता


 अर्जुन चौपारी गाउँपालिका –१ को पञ्चकन्या माविको स्वर्ण महोत्सव गाउँपालिकाका जनप्रतिनिधीले बहिस्कार गरेका छन् ।

गण्डकी प्रदेशका पुर्व सामाजिक विकास तथा शिक्षा मन्त्री तथा नेपाली काँग्रेसका प्रदेश उपसभापति मेखलाल श्रेष्ठ प्रमुख अतिथि भएको महोत्सव जनप्रतिनिधीले बहिस्कार गरेका हुन् । ३३ जना जनप्रतिनिधि पालिकामा रहेकोमा पाँच जना एमालेबाट निर्वाचित  र २८ जना नेपाली काँग्रेसबाट निर्वाचित  जनप्रतिनिधि यहाँ रहेका छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि दुई तिहाई भन्दा बढी रहेको यहाँ विवादीत ढंगले गरिएको महोत्सवमा सहभागी नभएको वडा अध्यक्ष रण बहादुर थापाले बताउनुभयो । प्रदेशका पुर्व मन्त्रीको वरियता नदेखिएकाले र स्वर्ण महोत्सवमा मुख्य व्याक्ति बनाएको र वरियता नमिलाएपछि पालिकाका सबै जनप्रतिनिधि बहिस्कार गरेको थापाले बताउनुभयो । पालिका अध्यक्षको वरियता १५ रहेको र प्रदेशका पुर्व सांसद तथा मन्त्री वरियता नभेटिएको थापाको भनाई थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई विशिष्ट अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो ।पालिका अध्यक्ष भन्दा ठुलो प्रदेश र  संघीय सांसद तथा प्रदेश तथा संघका बहालवाला मन्त्री रहेकोमा उहाँहरु नआएपछि जनमत अवज्ञा गरेको भन्दै सबै जनप्रतिनिधिले बहिस्कार गरेका हुन् ।

कस्तो कार्यक्रममाा जाने कस्तोमा नजाने उहाँले जान्नुपर्ने बताउदै थापाले जुनसुकै ठाउँमा जानेको तर्क गर्नु कुनै अर्थ नभएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षनै बेखबर 

विद्यालयको कुनै पनि निर्णय गर्न विद्यालय व्यवस्थापन समिति अध्यक्षको निर्णय अनिवार्य रहन्छ । यो विद्यालयको स्वर्ण महोत्सवका विषयमा समितिका अध्यक्ष फणी नारायण अर्याल भने अनविज्ञ रहनु भएको छ । आफुले राजिनामा पनि नदिएको र कुनै जानाकारीविना स्वर्ण महोत्सव गरिएको अर्यालको भनाई थियो ।

अर्यालले आफुलाई खबर नै नभएको र समितिका सदस्यलाई ज्येष्ठ सदस्य बनाएर बैठक बसी स्वर्ण महोत्सब गरेको सुनेको बताउनुभयो । ज्येष्ठ सदस्य हो भने पदेन सदस्य वडा अध्यक्ष नै ज्येष्ठ हुनुहुन्थ्यो, कसरी कसले अरुलाई सभापति र निर्णय गर्ने अधिकार दियो उहाँको प्रश्न थियो ।

महोत्सवमा शिक्षक अभिभावक संघको अध्यक्ष समेतलाई जानाकारी नभएको र अन्तिम दिन अभिभावक भएकाले पत्र आएको संघका अध्यक्षा प्रेम प्रसाद ढकालले बताउनुभयो । “अहिले महोत्सव भयो अब खर्च पास गर्ने बेलामा हाम्रो आवश्यकता होला नि”, उहाँको भनाई थियो ।

भूतपुर्व विद्यार्थीलाई थाहा भएन

हरेक विद्यालयको स्वर्ण महोत्सव एक चोटी आउछ । सबैको चाहाना सहभागी हुने भन्ने हुन्छ । २०४४ सालबाट एसएलसी दिन सुरु यो विद्यालयमा अहिले सम्म ३७ ब्याचका तीन हजार विद्यार्थी विद्यालयबाट निस्केका छन् ।

यस्तो पर्वमा विद्यालयले कुनै पनि विद्यार्थीलाई सहभागी हुन नबोलाएको भूतपुर्व विद्यार्थीले गुनासो गरेका छन् । २०४९ सालमा एसएलसी पास गर्नु भएको वडा नं –३ का गोविन्द प्रसाद काफ्लेले स्वर्ण महोत्सबमा नबोलाएको बताउनुभयो ।

आफ्ना एक छोरी र एक छोरा यसै विद्यालयमा पढेपनि सबैलाई पत्र पढाउँदा आफुलाई खबर नै नगरेको काफ्ले गुनासो थियो । काफ्ले माात्र होइन यहाँका कुनै भूतपुर्व विद्यार्थीले थाहा नपाएका हुन् ।  स्वर्ण महोत्सवमा सरोकारवाला निकायहरू जनप्रतिनीधी, विव्यस,  अभिवावक संघसँग  समन्वय  नगरी विद्यालय लाइ राजनैतिक दलको भर्ती केन्द्र जस्तो बनाइएको उपस्थितहरूको गुनासो थियो।