स्याङ्जामा दोस्रोपटक महिलालाई सिडियोको जिम्मेवारी, सुनिता नेपाल स्याङ्जा आउने
मङि्सर ३०, २०८०
राम बहादुर रोकाहा, स्याङ्जा
३० मसिंर २०८०, शनिबार
स्याङ्जाले दोस्रोपटक महिला सिडियो पाएको छ । सुनिता नेपालले स्याङ्जा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएकी हुन् ।
स्याङ्जाका सिडियो शशिधर घिमिरेको गृह मन्त्रालय सरुवा भएसङ्गै स्याङ्जाले महिला सिडियोको रुपमा नेपाललाई पाएको हो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको जिम्मेवारी सम्हालेकी नेपालले यसपटक स्याङ्जाको जिम्मेवारी पाएकी हुन् ।स्याङ्जाले यसअघि इन्दु घिमिरेलाई महिला प्रजिअको रुपमा पाएको थियो ।