भीरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल

पुष १९, २०८१


भीरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा नुवादत्त अर्याल निर्वाचित हुनुभएको छ। बयरघारीमा सम्पन्न भीरकोट उद्योग वाणिज्यसंघको छैटौं वार्षिक साधारणसभा र तेस्रो अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चिन्तामणि चापागाईं, प्रथम उपाध्यक्ष पर्वत खाम्चा, द्वितीय उपाध्यक्षमा राजकुमार कर्माचार्य , महासचिवमा चोपनारायण श्रेष्ठ, सचिवमा सिर्जना गौतम, कोषाध्यक्षमा देवीप्रसाद चापागाईं, सहकोषाध्यक्षमा मोहमद जाफर अलिलाई निर्वाचित गरेको छ।यसैगरी सदस्यहरूमा सुरेश उच्चै ठकुरी, शिव प्रसाद खनाल, दिनेश कुमार कर्माचार्य , सुशील अर्याल , सम्राट अधिकारी, विकास खाँण, विनोद अधिकारी , रेखा बस्याल, सुर्य अधिकारी, मिना खाँण, लोक बहादुर थापा, जिवलाल बस्याल निर्वाचित हुनुभएको छ। सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित सदस्य विकास खाँणले जानकारी दिनुभयो।