अर्जुन चौपारीको बजेट ५६ करोड ६० लाख

असार ०४, २०८१     स्मार्ट संवाददाता


स्याङ्जाको  चौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८१ को बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको १५ औं अधिवेशनले ५६ करोड ६० लाख ७५ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो।

सोमबारको अधिवेशनमा पालिका उपाध्यक्ष सपना गुरुङले सार्वजनिक गरेको  बजेटमा चालु तर्फ ३१ करोड १४ लाख ६५ हजार(५५.०२ प्रतिशत) र पुँजिगत तर्फ २५ करोड ४६ लाख १० हजार रुपियाँ रहेको छ ।

बजेटमा आन्तरिक श्रोतमा १७ करोड ८ लाख, आन्तरिक राजस्व ७० लाख, संघिय सरकार समानिकरण ८  करोड १८ लाख, प्रदेश सरकार समानिकरण ९८ लाख १४ हजार, राजस्व बाडफाडँ ७ करोड ६ लाख  रहेको छ ।

राजस्व बाडफाडँ प्रदेश ४० लाख ३६ हजार, संघिय ससर्त १९ करोड २० लाख २५ हजार, संघीय समपुरक २ करोड, प्रदेश समपुरक ६० लाख, प्रदेश विशेष ४० लाख रहेको छ ।बजेटमा  शिक्षा, स्वास्थ्य, पुर्वाधारलाई प्राथमिकतामा  राखिएको छ।