हाललाई बिपिसीको मूल्य वृद्धि फिर्ता, प्रचलित महसुल नै कायम हुने।
साउन २४, २०८१
आँधिखोला विद्युत वितरण केन्द्रको विद्युत महसुल कार्यान्वयन नगर्न विद्युत नियमन आयोगले निर्देशन जारी गरेको छ। विद्युत नियमन आयोगले आज एक सूचना जारी गर्दै बिपीसीले बढाउन लागेको महशुल अहिलेका लागी फिर्ता गर्ने निर्णय गरेको छ ।
विद्युत नियमन आयोगले महसुल कार्यान्वयन नगर्नु नगराउनु हुन र मिति २०८१ वैशाख महिनामा प्रचलित विद्युत महसुल नै कायम गर्नु गराउनु हुन आयोगको मिति २०८१/०४/२२ को २४३ औं बैठकले निर्णय गरेको छ ।
विद्युतको महशुल पुनरावलोकन पश्चात कायम हुने महसुल दरबारे सोको निर्णय भएपछि जानकारी गराइने आयोगले जनाएको छ। विद्युत महशुल वृद्धि अवैज्ञानिक भएको भन्दै उपभोक्ता समूहले लगातार आन्दोलन गर्ने तथा पटक पटक काठमान्डौ सम्म पुगी प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको थियो।
नियमन आयोगको सूचना हेर्नुहोस: