गण्डकी प्रदेशभर भोलि असार २९ गते सार्वजनिक बिदा

असार २८, २०७९


स्मार्ट अखबार । गण्डकी प्रदेश सरकारले यही असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।





भानु जयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । गत चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।

आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

राजपत्र पढ्नुहोस: