बाँदर पिडित किसानहरुको आवाजः तीज गीत

भदौ ०८, २०७९


इन्द्र प्रसाद पाठक,
वालिङ २०७९ भाद्र ०८

१. २०७९ साल तीजको महिना,
बादरले दुख दियो सून्नुहोस बहिन ।

२.हुरी, बतास, खडेरी र बर्षा सबै सहेर,
नसकेनी खडी खम्मै सक्ने भएर ।

३. बर्षैभरी काम गर्छौं खेती भरी बाँदर,
सम्झेर ल्याउँदा त मर्छ जाँगर ।

४. निमेक फाली खेति गर्छौं छोराछोरी धान्नलाई,
सार्है गाह्रो पर्यो हजूर खेती थाम्नलाई ।

५.उस्को खेत उस्को बारी मेरा माँत खाछैन,
ठिकै भयो गजब भाछ बोल्न भाछैन ।

६. तल्लो खेतमा बाँदर पसी मकै खान्छन सबैले,
माथिल्लोमा लुकी मैंले हेर्छु मझैले ।

८. यस्तै हाम्रो चलन चली आको यो ठाँउमा,
यस्तो रजाई बादरलाई होला कुन ठाँउमा ।

९. अहोई भन्यो लहोई भन्यो घरको डिलमा बसेर,
फलफूल जति सबै खायो कमर र कसेर ।

१०. बाटो हिड्दा खेती खाँदा धपाउन नि डर छ नी,
घरमै आई यस्ले हामिलाई कति गर्छ नि ।

११. घरै बाट मकै लान्छ राते फोन्द्रे बाँदरले,
केल्लाई हाम्ले दुख गर्ने कस्का जाँगरले ।

१२. चाडपर्व बस्न छैन कहीं कतै गएर,
ऊस जुनिको ऋण हाम्रो बसौ सहेर ।

१३. त्यसलाई देख्दा, सम्झी ल्याउँदा खेती गर्ने मन छैन,
क्यारी जहान धान्ने हो खर्च कम छैन ।

१४. केही गरेनी सकिदैन, छैन केही उपाय,
लंकेली खलकले सकस पुर्याए ।

१५. यै बाँदरले गर्दा खेरी मूल्य घट्यो ठाउँ ठाँउको,
बसाई पनि जानु छैन खायो नि टाउँको ।

१६. गाउँ, घर, लेक बेसी यो बाँदरले रुवायो,
सोझा, सिधा किसान हाम्लाई धोका पुर्यायो

१७. लौन नेता, लौन सरकार यति दुःख हरिदेऊ,
अरु विकास केही चाहिदैन यति गरिदेऊ ।

१८. एउटा दुईटा हैन हजुर बथानैं,हिड्छ बोकेर,                                                    बस्नै खप्नै छैन हजुरँ मान्छे टोकेर

१९. यही बाँदरले गर्दा पनि युवा विदेश गाँका छन,
भए भरका पाखा जमिन बाँझा भाका छन ।

२०. सरकारले भन्न थाल्यो, जग्गा बाँझो नराखे,
उसो भए यो बाँदरलाई कस्ले कहाँ राख्ने ।

२१. मार्न हुन्न, मास्न हुन्न भन्छ अरे सरकार,
पिडितलाई भोकमरीको खर्च टकार ।

२२. जॉंगीर छैन भत्ता छैन, कृषिको नि भर छैन,
किसानको दुःख पिडा खर्चे टर्दैन ।

२३. हेरालु र आरक्षण केके हुन्छन समस्या,
केही नगरी बस्न अब हुन्न अवस्य ।

२४. लौन नेता लौन मेयर यो बाँदरको समस्या,
हटाईदिए भोट हाल्छौ फेरि अवस्य ।

२५. गर्नुपर्यो व्यवस्थापन सरकारले बाँदरको.
बाँझो जमिन कमाई गर्ने हुन्छ जमर्को ।

२६. सरकार र प्रतिपक्ष हाम्रा नेता सबैलाई
यति सन्देश छिट्टै पुगोस बिदा अहिलेलाई ।