जबर्जस्ति करणीको आरोपमा स्याङ्जामा एक युवा पक्राउ
भदौ १५, २०८१ राम बहादुर रोकाहा
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्जाबाट एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका -७ ठुलाडीही बस्ने २० वर्षीय बसन्त रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो।
पीडितको जाहेरीका आधारमा रेग्मीलाई पक्राउ गरी स्याङ्जा अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी रानाले बताउनुभयो। प्रहरीले रेग्मीलाई बुधबार रेग्मीलाई पक्राउ गरेको थियो ।