विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले पुरस्कृत गर्ने
आईसीसी यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।
खेलकुदमा स्याङ्जाबाट छनोट भै जिल्ला र देशको नाम राख्न सफल भएकाले विश्वकप खेल्ने तीनैजना महिला खेलाडीलाई पुरस्कृत गरिने गाउँपलिका प्रमुख प्रकाश तिवारीले जानकारी दिनुभयो । अध्यक्ष तिवारीले यही मङ्सिर ८ गते दोस्रो राष्ट्रपति रनिङशील्ड तथा शैक्षिक महोत्सव समापन कार्यक्रमको अवसरमा पालिकामा उहाँहरूलाई सम्मान एवं पुरस्कृत गरिने बताउनुभयो। खेलाडीहरू ज्योत्सिना मरासिनी, सिमाना के.सी. र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही रू. १५ हजार पुरस्कार सहित सम्मान गरिने उहाँले बताउनुभयो ।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो ।