स्याङ्जामा स्कार्पियो दुर्घटना , ५ जना घाइते


स्याङ्जाको वालिङमा स्कार्पियो सडकबाट ४ मिटर तल खसी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । मंगलबार बिहान ८ बजे वालिङबाट सिरबानी जाँदै गरेको ग १ च ८९१३ नम्बरको स्कार्पियो वालिङ नगरपालिका-१४ स्थित तमादीमा दुर्घटना हुँदा स्याङ्जा र पर्वतका गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उक्त सवारी साधनमा ८ जना सवार मध्ये ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो। वालिङ १४ का ६३ वर्षीय उमापति डुम्रे , ५२ वर्षीय भिम प्रसाद डुम्रे , ७८ वर्षीय कोषकान्त डुम्रे , पैयुँ गाउँपालिका -६ हुवास निवासी ३३ वर्षीय कुमाकला तिवारी र तिवारीको छोरा ११ वर्षीय कमल तिवारी घाईते हुनुभएको प्रहरीले जानकारी दिएको छ।स्कार्पियोमा सवार ३ जना सकुशल हुनुहुन्छ । दुर्घटनामा घाइते भएका यात्रुको गह्रौँ ध्याङ्लिङ प्राथमिक अस्पताल वालिङमा उपचार भैरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।