आँधिखोला सहकारी १८ औं वर्षमा प्रवेश

कार्तिक २५, २०८१     स्मार्ट संवाददाता


आँधिखोला बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार बयरघारी तमु समाज भवनमा सम्पन्न भएको सभामा बोल्दै  भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले आँधिखोला सहकारी यस क्षेत्रको पहिलो सहकारी भएको र  सहकारीको सिद्धान्त पालना गरेर संस्थागत सुशासनमा जोड दिएको हुँदा शेयर सदस्यलाई ढुक्क भएर कारोबार  गर्न आग्रह गर्नुभएको थियो।

१८ औं वर्षमा प्रवेश गरेको यो सहकारी वि.सं. २०६४ सालमा स्थापना भएको थियो। यस सहकारीको कार्यक्षेत्र अर्जुनचौपारी गाउँपालिका,भीरकोट नगरपालिका, वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका रहेका छन्।

हाल सह‌कारीमा १हजार ७५ जना शेयर सदस्य छन् र शेयर पूँजी २ करोड २ लाख ६२ हजार ९ सय रूपैयाँ पुगेको छ। सहकारीले आर्थिक वर्ष २०८०/८१ मा १२ करोड २९ लाख ५२ हजार १ सय ७९ रूपैयाँ बराबरको कारोबार गरेको संस्थाका निमित्त प्रवन्धक सुनिल जि.टी. ले  जानकारी दिनुभयो।

शेयर सदस्य हर्क बहादुर गुरूङ, भू.पू. सैनिक सहकारीका अध्यक्ष क्षेत्रबहादुर थापा , शुभलक्ष्मी सहकारीका अध्यक्ष भक्त  बहादुर केसी. भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोईराला, भीरकोटका नगर प्रवक्ता एवं  वडा अध्यक्ष  दिपेन्द्र केन्सी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठ , जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, निर्वतमान नगरप्रमुख छायाराम खनालले सहकारीको मूल्य मान्यता, सिद्धान्त र  संस्थाको हितलाई सधैं शिरोपर गरि अगडि  बढ्नुपर्ने कुरामा जोड दिदै शुमकामना व्यक्त गर्नुभएको थियो।

संस्थाको अध्यक्ष  तोयनाथ अर्याल ज्यूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी संचालक समिती सदस्य भी सारदा अर्यालले स्वागत गर्नुभएको थियो भने गर्नुभएको थियो ।कार्यक्रम निमित्त प्रवन्धक सुनिल  जि .टी. ले संचालन गर्नुभएको थियो।