बालमैत्री वडा सहजकर्ताहरुसंग अन्तरक्रिया सम्पन्न
२०७७ वैशाख २३, भीरकोट
लक डाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम राखी भिडियो कन्फ्रेन्स मार्फत बालमैत्री स्थानीय शासन घोषणा गर्न थप कार्ययोजनाका लागि बालमैत्री वडा सहजकर्ताहरुसंग अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले विश्वभरी महामारीको रुपमा फैलिँदै आएको कोरोना भाइरस कोभिड १९ जसले ठूलो सानो नभनी हरेकलाई संक्रमण गर्ने भएकाले यसको संक्रमणबाट बच्नको लागि नेपाललाई लक डाउन गरिएकोले नगरपालिकाले भीरकोट नगरपालिकालाई चैत्र मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने भनी सोही किसिमले घोषणा गर्नको लागि सबै सूचकहरु पुरा गरी अन्तिम चरणमा बसेको अवस्थामा लक डाउन भएपछि निर्धारित समयमा घोषणा गर्न नसकिएको भन्दै प्रमुख खनालले कोभिड १९ बाट मुक्त्त भई लक डाउन खुल्ने बित्तिकै एक दुई हप्ताभित्रमा नगरलाई बालमैत्री नगर घोषणा गर्ने बताए । साथै सबै वडा सहजकर्ताहरुलाई तम तयारीका साथ बस्दै विद्यार्थीहरुसंग निरन्तर सम्पर्कमा आइराख्न समेत प्रमुख खनालले आग्रह गर्नु भयो ।
भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न भिडियो कन्फ्रेन्स मार्फत बालमैत्री स्थानीय शासन घोषणा गर्न थप कार्ययोजनाका लागि बालमैत्री वडा सहजकर्ताहरुसंगको अन्तरक्रिया कार्यक्रमको सहजीकरण बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु चौवेले र संचालन शिक्षा शाखा प्रमुख हेम प्रसाद आर्चायले गर्नुभएको थियो ।
भने अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख सिमा के.सी. कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेल र बालमैत्री नगर देखि वडाका सहजकर्ताहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा वाडले गर्ने विभिन्न कार्यक्रमहरु तयारी गरी क्रमश काम गर्न वडा सहजकर्ताहरुलाई आग्रह गरिएको थियो ।